काठमाडौँ – नेकपा माओवादी केन्द्रको हेडक्वार्टरको विघटन भएको छ। आइतबार बसेको पार्टीको हेडक्वार्टरको बैठकले उक्त निकाय विघटन गर्ने निर्णय गरेको हो।
हेडक्वार्टर ३५ सदस्यीय रहेको थियो। बैठकले पार्टीको कार्यकारी निकाय केन्द्रीय सचिवालयलाई बनाउने निर्णय गरेको छ।
यो साउन पहिलो साता बसेको सचिवालय बैठकको स्पिरिट हो। हेडक्वाटर विघटन गरिएको होइनु, माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने, ुसचिवालय कार्यकारी हुने गरी निर्णय गरिएको हो।
पार्टीले दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरेअनुसार हेडक्वार्टरलाई विघटन गरेर ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाउने निर्णय गरेको पनि नेता सापकोटाले जानकारी दिए।
नेकपा माओवादी केन्द्रमा चार हजारभन्दा बढी सदस्य रहेको केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ।








