१० वैशाख
कूश्मा पर्वत । प्रदेश नं ४ को प्रदेश राजधानी तथा नामाड्कन सूझाव समितिले पर्वत जिल्लामा आज एक कार्यक्रमको आयोजना गरि सूझाव संकलन गरेको छ । जिल्ला समन्वय समिति पर्वतको सभाहलमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालकाजी गूरुडले सवैलाई पहूच पूग्ने,श्रोत र साधनले भरिपूर्ण स्थान नै प्रदेश राजधानी हूनूपर्ने धारणा राख्नू भयो । उहांले प्रदेश राजधानी राख्ने विषयमा कसैको पनि विमति नभएकाले प्रदेश नम्वर चारका लागी उक्त स्थान पोखरा नै निर्विकल्प रहेको वताउनू भयो । नामाड्कन भने सवैको पहिचान र अपनत्व आउने गरि चयन गर्न सूझाव दिनू भयो उहांले यहाको जातजाती,भाषा धर्म संस्कृती,प्राकृतिक सान्ैदर्यता सवैलाई मध्यनजर गर्दै उपयूक्त नाम राख्नू पर्ने धारणा राख्दै पर्वत जिल्लाले सवैले स्वीकार गर्न सक्ने एउटै नाम सिफारीस गर्न अनूरोध गर्नु भयो । सवैको भावना र धारणालाई समेट्दै एउटा उपयूक्त नाम प्रदेश सभाले जूटाउनेमा विस्वस्त रहेको कूरा वताउनू भयो ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य जूना नेपाली, ने क पा एमालेका कार्यवाहक अध्यक्ष भक्त कूवर,नेपाली कांग्रेसका सभापती खिम प्रसाद भूषाल,एनेकपा माओवादी केन्द्रका शंकर गिरी,नयांशक्ति पार्टीका यम वहादूर चोचाड्गी, जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल,कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशी फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्मा

जलजला गाउपालिकाका अध्यक्ष यम वहादुर मल्ल,मोदी गाउंपालिकाका अध्यक्ष पे्रम प्रसाद पौडेल,फलेवास नगरपालिकाका उप प्रमूख मन्जू अधिकारी,प्रमूख जिल्ला अधिकारी राजेश पन्थी,जिल्ला समन्वय अधिकारी विष्णू प्रसाद भूषाल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था माहासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री लगायतले प्रदेश राजधानीको केन्द्र र नामाड्कनको विषयमा सूझाव दिएका थिए ।
अधिकांश वक्ताहरुले प्रदेश राजधानी पोखरा नै उपयूक्त भएको धारणा राखेका थिए । नामाड्कनको विषयमा भने धेरै सूझावकर्ताले पवित्र नदी कृष्ण गण्डकी,गण्डक÷गोर्खा प्रदेश,मूक्तिक्षेत्र प्रदेश,धौलागीरी माछापूच्छ्र«े प्रदेश, हिमालय पर्वत प्रदेश राख्नू पर्ने सूझाव दिएका थिए । यस भन्दा अगाडी पनि संविधान सभाका सदस्यले यस्तै सूझाव संकलन गरेको तर ति सवै सूझावहरु रद्दीको टोकरीमा फालेकाले यि सूझावहरु पनि त्यस्तो नहून भनि सूझाव संकलन समितिलाई सचेत वनाएका थिए ।
उक्त सूझाव संकलन कार्यक्रमको अध्यक्षता प्रदेश नं ४ का सदस्य चन्द्र वहादूर वूढाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत जिल्ला समन्वय समितिका संयोजक मनोह वि पौडेलले र कार्यक्रमको संचालन प्रदेश सभा सदस्य डिलमाया रोका मगरले गर्नु भएको थियो ।