२९ कार्तिक पर्वत– संविधान सभा २०७० सालको निर्वाचनमा क्षेत्र नम्वर २ वाट विजय उम्मेदवार विकास लम्साल जिल्लामा सबैभन्दा बढि आलोचित हुने साँसद हुन् । उनको पाँच बर्ष काम भन्दा पनि बढि आलोचित भएर वित्यो ।
पाडापाडी पालन देखी लिएर नर्सरीका विरुवा रोपण, दाताले दिएको एम्बुलेन्सलाई आफुले दिएको जस्ता कुराले उनको धेरै आलोचना भएको होे । उनी फेरी सोही क्षेत्रवाट उठेका छन् ।
सोही क्षेत्र अर्थात प्रदेस सभा ख क्षेत्र नं. २ का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले भने आफुले जिते जनतावाट आलोचित हुने काम नगर्ने अठोट गरेका छन् । चुनावी अभियान लिएर पर्वतको फलेवास नगरपालिका कार्कीनेटा, भँगरा पुगेका तिवारीले जनताका भावना र समस्यालाई पहिचान गरेर काम गर्ने बताए ।
‘म हजुरहरु सँग बाचा गर्छु,–‘मलाई बिजय गराउनु होस्,म तपाईहरुले गुनासो गर्ने काम कदापी गर्दिन, यदि गरे भने तपाईहरुले जे सजाय दिनुहुन्छ, ‘म त्यही भोग्न तयार छु,’ । आफु दुर्गम ठाउँमा जन्मेको र गाउँलेहरुका समस्या राम्रो सँग बुझेको बताउँदै जनताको सेवाक बन्न आएको दावी गरे, ।’ ‘मैले तपाईहरुले भोगेका समस्यालाई मैले नोट गरेको छू, ‘अव त्यो समस्या म समाधन गर्न चाहान्छु, तपाईहरु सँग सहकार्य गर्न चाहान्छु –उनले भने,।’ नेता तिवारीले गाउँका यूवा विदेश पलायन हुने, वसाईसराई दर वढ्ने, दलित, जनजातीहरु अधिकारवाट वञ्चित हुनुपर्ने दिन जानेछन् ।’
उनले जिल्लामा देखिएका समस्या समाधान गर्न र जिल्लामा विकासको लहर ल्याउने गरि लोकतान्त्रिक गठवन्धनवाट चुनावी मैदानमा आएको बताए । यदि तपाईहरुको भोट सहि ठाउँमा सदुपयोग हुने हो भने रुखमा भोट हाल्न तिवारीलेआग्रह गरे ।
ईतिहासदेखि राजनीतिलाई अवसरको रुपमा उपयोग गरेर पर्वत क्षेत्र नम्बर २ लाई विकासमा पछाडी पारिएको वताउँदै तिवारीले आफुले जितेर गएमा पर्वत क्षेत्र नम्बर २ को कायापलट गर्ने बताए । तिवारीले सबै दलमा विश्वास गर्ने र काँग्रेसभित्र पनि निष्क्रिय रहेका सबैको सम्मान गर्दै आफु विजयी हुने दावी गरेका छन् ।








