२१ असोज
खुर्कोट पर्वत ।  कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा रहेको गणेश्रवर आधारभूत प्राथमिक विद्यालयका ३५ जना बिद्दार्थीहरूलाई ट्याकसुट बितरण गरिएको छ । अधिकांस बिपन्न बिद्दार्थीहरू अध्ययनरत रहेको उक्त बिद्दालय छनौट गरि सहयोग बितरण गरिएको छ ।
बिद्दालयमा अध्यनरत ३५ जना बिद्दार्थीहरूको शैक्षिक उपलव्धिमा थप टेवा पुर्याउनका लागी ट्राकसुट वितरण गरिएको बिद्दालयका प्रधानध्यापक अनन्तराज शर्माले बताउनुभयो ।
कुश्मा नगरपालिका वडा नं १ पाङटारमा जन्मिनुभई तथा हाल पोर्चुगललाई कर्मथलो बनाउनुभएका रामचन्द्र रिजालले सहयोग गर्नुभएको थियो ।
आफ्नी छोरी पूजा रिजालको विवाहमा हुने अनावश्यक खर्च कटौती गरी विद्यार्थीहरूको शैक्षिक तथा सामाजिक हितका लागि खर्च गर्ने उद्देश्य अनुरूप सहयोग गरिएको प्रतिनिधि पदमपाणी रिजालले वताउनु भयो ।
हिजो बिद्दालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री बितरण गरिएको थियो । उक्त कार्यक्रममा रामचन्द्र रिजालका प्रतिनिधि पदमपाणि रिजाल लगायत बिद्दालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावकको समेत उपस्थिति रहेको थियो ।
बिद्यार्थीहरूका लागी ५० हजार वरावरको ट्याकसुट बितरण गरिएको थियो ।
सहयोगिदातालाई बिद्दालयको तर्फदेखि आभार एवं धन्यबाद ज्ञापन गरिएको छ