२६ माघ
पर्वतको जिल्ला सदरमुकाम कुश्मावजारमा अवस्थित गुप्तेश्वर वहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा २७औं वार्षिक साधारण सभा आईतावार क्याम्पस प्राङ्गण, माझमेलामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् क्याम्पसका संस्थापक अध्यक्ष अर्जुन प्रसाद जोशीले शैक्षिक क्षेत्रमा राज्यको अपेक्षित ध्यान पुग्न नसकेको भन्दै क्याम्पस सञ्चालनको लागि समुदायमा मात्र आर्थिक भार थोपारिनु उपर्युक्त नभएको वताउनु भयो । उहाँले शैक्षिक संस्थामा राजनीति हुन नहुनेमा समेत जोड दिनु भयो ।
कार्यक्रमका पुर्व सांसद ऋषीकेश तिवारले क्याम्पस ज्ञानको मन्दिर भएकोले राजनीति भन्दा माथि रही सवैमा सेवा भाव हुनुपर्ने वताउनु भयो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले गुप्तेश्वर वहुमुखी क्याम्पस जिल्लाकै गौरव भएको र नगरपालिकाले क्याम्पस भौतिक विकासको लागि सहयोग गर्न तत्पर रहेको वताउनु भएको थियो । कार्यक्रमा नेपाली कांग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईले क्याम्पसले सुविधा सम्पन्न छात्रावास सहित स्नातकोत्तर तहको अध्ययन शुरुवात गर्न खोजेकोमा खुशी व्यक्त गर्दै क्याम्पसको भौतिक विकास र शैक्षिक सुधारको लागि नेपाली कांग्रेस पाटी र आफ्नो व्यक्तिगत क्षेत्रवाट आवश्यक सहयोग गर्न तत्पर रहेको वताउनु भयो ।
कार्यक्रममा नेकपा पर्वतका सचिव गोविन्द पहाडीले,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सञ्चालक समितिका पुर्व अध्यक्ष एवम् समाजेवी लोकनाथ आचार्य, स्वतन्त्र विद्यार्थी युनिएनका सहसचिव सन्तोष पाठक, नेपाल विद्यार्थी संघ, गुप्तेश्वर क्याम्पस इकाईका सभापति शिशिर शर्मा लगायतले क्याम्पसको वर्तमान अवस्था र भविस्यको संभावना वारे आफ्नो धारण राख्नु भएको थियो ।
क्याम्पसका अध्यक्ष वसन्त कुमार कर्मचार्यको अध्यक्षता, सञ्चालक सदस्य कमल प्रसाद पोखरेलको स्वागत,निवर्तमान अध्यक्ष शुन्दर प्रसाद जोशीको धन्यवाद मन्तव्इ एवम् सहायक क्याम्पस प्रमुख ओमकार गिरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष कर्मचार्य र क्याम्पस प्रमुख सुवास पन्तले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्षको प्रतिवेदनमा क्याम्पसको भौतिक विकास गर्ने, सुविधा सम्पन्न छात्रवास निर्माण गर्ने, स्नातकोत्तर तहको अध्ययन शुरुवात गर्ने, सरकारी तथा गैर सरकारी संस्थासंग समन्वय गरी आर्थिक व्यवस्थापन गर्ने वताइएको छ भने क्याम्पस प्रमुख पन्तको प्रतिवेदनमा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रको विश्लेषण गरी भावि कार्यक्रमहरु समेटी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य कमलनाथ पोखरेलले १ लाख १ हजार नगद सहयोग हस्तान्तरण गर्नु भएको थियो भने केही समय दिवंगत हुनु भएका क्याम्पसका अध्यापक विकास पौडेलको स्मृतीमा १ लाख ३९ हजारको स्मृती अक्षय कोष स्थापना गर्ने घोषण गरिएको छ । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा सम्पन्न विभिन्न प्रतियोगितका विजयीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।









