२४ माघ

नेपालमा शनिबार थप  ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  शूुन्य भएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३५ पुगेको छ । त्यस्तै शनिबार थप २४८ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ६७ हजार ८१२ जनाले कोरोनालाई जितेका छन् ।

मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९५९रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख ९१ हजार १६६ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।