२४ पुस
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा बसेर ‘हामी यहाँ छौ’ भनेका प्रचण्ड-माधव समुहलाई सभ्यता नभएको आरोप लगाएका छन् । नेकपा ओली समुहले शुक्रबार धनगढीमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समुहलाई ब्यंग्य गर्दै भने- ‘बाटोमा बसेर हामी यहाँ छौ लेखेको व्यानर टास्ने, पार्टीको बैठकमा नआउने, सभ्यता नभएकाहरु।
सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडन मात्रै जानेको बताए। उनले भने- पार्टी छाडेर हिँडेका केही भगौडाहरु गाली गलौज गरेर हिँडेका छन् । त्यस्ताको कुरा सुन्न पर्दैन । उनीहरु गाली गलौजमा हिँडे पनि म देश विकासमा लागिपरेको छुँ ।
प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समुहप्रति लक्षित गर्दै भने “केन्द्रीय कमिटीको बैठकका बेला बाटोमा गएर हामी यहाँ छौँ रे, कहाँ गए भनेको त उहाँहरुका समर्थक भनिएका, कार्यकर्ता, नेता भनिएका मान्छेहरु हामीलाई गालीगलौज गरेर हिँडेका छन् । शुक्रवार धनगढीमा सम्बोधनमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको प्राकृतिक स्रोतको चर्चा गरेका थिए।









