२० पुस
नेपालगन्ज ।जिल्ला प्रहरी कार्यालय बाँकेले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।प्रहरीले बाँकेको डुडुवा गाउँपालिका १ का दिपक कुमार चौधरीलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
चौधरीलाई जिल्ला प्रहरीको टोलीले आफ्नै पसलमा बसेको अवस्थामा कम्मरमा लुकाइराखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ। उनलाई जिल्ला प्रहरीले आज गरेको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिएको हो। बाँके प्रहरीले त्यस्तै अन्य मुद्दाका विभिन्न अभियुक्तहरुलाई समेत सार्वजनिक गरेको हो। त्यस्तै नेपालगन्ज ८ का विपिन बस्नेतलाई नेपालगन्ज ४ तन्नु पान पसल अगाडी रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वरको मोटरसाइकल चोरेको अभियोगमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ।
त्यस्तै डुडुवा गाउँपालिका १ खडौचाका राहुल गुप्ता र रुपईडियाका सकिल खानलाई भारतिय नम्वर प्लेटको मोटरसाइकलमा १ लाख ३० हजार मुल्य बराबरको अवैध सामाग्री नेपालगन्ज ल्याउँदै गर्दा बाँके प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। यसैगरी, समय-समयमा हराएका ५५ थान मोबाईल फेला पारेर सम्बन्धित ब्यक्तिलाई प्रहरीले हस्तान्त्रण गरेको जनाएको छ ।
यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाए पाएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको छ । उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गरेको थियो।बाँके प्रहरीमा प्रमुख भइ एसपी ओम बहादुर राना आगमनसँगै धमाधम विभिन्न अपराधीक घटनाका अभियुक्तहरु पक्राउ पर्दै आएका छन् ।









