१९ पुस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावमा होमिइसकेको बताएका छन्। प्रधानमन्त्री ओलीले शनिबार आफू नेतृत्वको नेकपाको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय तयारीमा जुटिसकेको बताएका हुन्।
ओलीले राजनीतिक पार्टीहरू पनि चुनावमा लागेको र जनता पनि नयाँ जनादेशका लागि आतुर भइसकेको अवस्थामा अब प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने बताए। प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्दै केही मान्छेले जनतालाई भड्काउने र झुक्याउने प्रयास गरिरहे पनि त्यो सम्भव नहुने उनले बताए।
‘प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णयमा म किन पुगें ? किनभने, लोकतन्त्र खतरामा प-यो। संविधान खतरामा प-यो। स्थायित्व र स्थिरता खतरामा प-यो। उहाँहरू (दाहाल–नेपाल)को योजना के हो ? जाली समाचारहरू केही पत्रिकामा छपाएर मान्छेलाई भड्काउन झुटा समाचार प्रायोजित रूपमा प्रचार गराइएको छ’, ओलीले भने, ‘पुनःस्थापना भयो भने फलानोलाई प्रधानमन्त्री बनाउँछु, पुनःस्थापना हुने कुरा आयो कहाँ ? पुनःस्थापना कसले हुन्छ भन्यो ? पुनःस्थापना हुन्छ भनेर अहिले दुई–चार जना मान्छे झुक्याउन उहाँहरूले भन्नुहोला। तर, पुनःस्थापना हुँदैन।’
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेका वेला ओलीले पुनःस्थापना हुनै नसक्ने दोहो¥याएका हुन्। त्यस क्रममा उनले चार्ली चाप्लिनको कथा सुनाउँदै अदालतले कुन सक्कली चार्ली चाप्लिन हो भनेर छुट्ट्याउन सक्ने धारणा व्यक्त गरे ।
‘एकपटक चार्ली च्याप्लिनको क्यारिकेचर गरेर कम्पिटिसन भयो। केही प्रतिस्पर्धी भए। चारवटा फाइनलमा गए। त्यहाँ चार्ली चाप्लिनले पनि भाग लिए पनि फाइनलमा पुगेनन्। अर्काे पुगे’, उनले भने, ‘हाम्रो अदालत चार्ली चाप्लिन कुनचाहिँ हो भनेर छुट्ट्याउन नसक्ने खालको छैन। खुट्टा हेरेर चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ। अनुहार हेरेर चिन्छ। अनेक हिसाबले चिन्छ, कुम हल्लाएको हेरेर चिन्छ। चार्ली चाप्लिन चिन्न हाम्रो अदालतले सक्छ। हाम्रो निर्वाचन आयोगले गल्ती गर्दैन। हाम्रा न्याय निरुपण गर्ने निकायले गल्ती गर्दैन। इतिहास सबैलाई थाहा छ। त्यसकारण साथीहरू ढुक्क हुनुहोस् सूर्य चिह्न हाम्रो हुन्छ। पार्टी हाम्रो हुन्छ ।









