१७ पुस
पर्वत । कुस्मा नगरपालिका पर्वतको शिक्षा शाखाले विवादमा रहेका सामुदायिक बिद्यालयहरुको समस्या समाधान गरेको छ । कुस्मा नगरपालिका ११ पर्बतको विश्वज्योति माध्यामिक विद्यालयमा राहत शिक्षक नियुक्तिमा राजनीति गरेको आरोप र कुस्मा नगरपालिका १४ आर्थरको शुभकल्याण आधारभूत विद्यालयमा म्याद सकिएको विद्यालय व्यवस्थापन समितिले राहतको शिक्षक नियुक्ति गरेको बिषय सार्वजनिक भएका थिए । दुवै समस्याको समाधान गर्न नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न बैठकले समस्या समाधान गर्न खाका सहित निर्देशन दिएको छ । बैठकले आर्थरको शुभकल्याणआधरभूत विद्यालयकोे दरबन्दी मिलनका लागि नौ सदस्यको कार्यदल गठन गरेको छ ।

यस्तै विश्वज्योति माविको विवाद मिलाउन ७ दिन भित्र लेखा परिक्षण गर्दै अबको १५ दिन भित्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न ताकेता गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उक्त छलफल तथा बैठकमा दुवै विद्यालयका सरोकारवाल,कुस्मा नगरपालिकाका उपप्रमुख सहितका वडाअध्यक्षहरु सहभागि थिए ।

उहाँका अनुसार उक्त नयाँ कार्यसमितिले विद्यालयमा कम्पयुरट शिक्षकलाई मासिक २० हजार रुपैयाँ नगरपालिकाले निकासा गर्ने निणर्य भएको छ । कुस्मा नगरपालिका शिक्षा शाखाका अनुसार नगरमा विद्यालयको संख्या कुल ६७ वटा छन् । सामुदायिक र संस्थागत विद्यालयमा कुस्मा नगरपालिका भित्र ९ हजार पाँच सय विद्यार्थी, तीन सय दरबन्दी शिक्षक संख्या र एक सय राहत शिक्षक संख्याको हाराहारीमा छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कुस्मा नगरपालिकाका १७ बटा शिक्षक दरबन्दी कटौती गर्दै करिब ३ करोड ३ लाख रुयौयाँ रोकेको छ ।