१६ पुस

प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ ।  अग्रवाललाई अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट पक्राउ गरेको हो। लुम्बिनी चिनी मिलले उखु किसानलाई १६र १७ करोड तिर्न बाँकी छ।

यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात फरार मनोजलाई पक्राउपछि काठमाडौं पठाउने तयारी भइरहेको छ ।