१० पुस

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले माइतीघर मण्डलमा शुक्रबार बिहान प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा उनीहरु सडकमै बसेर आन्दोलन थालेका हुन् ।

शुक्रबार बिहान साढे ९ बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले  माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरूले छातीमा  ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन् । उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गरु, ‘संवैधानिक कू मान्दैनौं’ जस्ता नारा लगाएका छन्।