६ पुस
काठमाडौं । प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले दिएको पद सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार रामकृष्ण तिमल्सेनाले अस्वीकार गरेका छन् । अवैधानिक तरिकाले बसेको संवैधानक परिषदको गत मंसिर ३० गतेको बैठकले तिमल्सेनालाई समावेशी आयोगको सदस्यमा सिफारिस गरेको बाहिरिएपछि तिमल्सेनाले उक्त पद अस्वीकार गरेको समाजिक संजाल फेसबुकमा लेखेका हुन् ।
उनले लेखेका छन्, ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । उक्त पदमा जाने मेरो रहर पनि छैन ।
उनले स्टाटसमा अगाडि लेखेका छन्, ‘सबै साथीभाइको जानकारीको लागि यतिसम्म भन्न पर्ने स्थिति आयो । मलाई सिफारिस गर्ने प्ररिषदप्रीत म क्षमाप्रार्थी छु ।’
मंसिर ३० गते प्रमुख प्रतिपक्ष दलका नेता र सभामुखको अनुपस्थितिमा मंसिर ३० गते बसेको परिषदको बैठकले बहुमतका आधारमा विभिन्न संवैधानिक निकायमा सिफारिस गरेको थियो ।









