३ पुस

नेपालमा शुक्रबार थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा ५ हजार ७०६ वटा नमुनाको पीसीआर परिक्षणका क्रममा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको जानकारी अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । त्यस्तै कोरोनाका कारण गएको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण १ हजार ७६५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार थप एक हजार २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म २ लाख ४१ हजार ३९२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० वटा नमुना पिसिआर परिक्षण गरिएको छ ।