२३ मंसीर
पर्वत । पर्वतका एक कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको फलेवास नगरपालिकाका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत शुक्रबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएका उनको हिजो मृत्यु भएको हो ।
मृतक पुरुषमा भाईरल निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ । उनको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७१ पुगेको निर्देशनालयले जनाएको छ । पर्वत जिल्लामा कुल मृत्यु संख्या ४ पुग्यो ।









