२१ मंसीर
पोखरा । कोरोना संक्रमणका कारण आइतबार गण्डकीमा थप तीनजनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारि पहिलो विज्ञप्ति अनुसार कास्कीका दुई सहित गण्डकीमा थप तीनजनाको मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुने मध्ये पोखरा महानगरपालिका -१७ निवासी ६६ वर्षीय महिला, लमजुङ बेशीशहर नगरपालिका -११ निवासी ४३ वर्षीय महिला र पोखरा -१७ का ३४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।
आज थप भएका तीन मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६९ पुगेको छ ।









