१९ कार्तिक
कोरोना संक्रमणका कारण पोखरामा ५ जनाको ज्यान गएको पुष्टि गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा पोखरा-१३ का ५५ वर्षीय संक्रमित पुरुष रहेका छन् । त्यस्तै, वडा ५ का ५९ वर्षीया संक्रमित महिला, वडा ६ का ७२ वर्षीय पुरुष र वडा ३ का ५२ वर्षीय संक्रमित पुरुष रहेका छन् ।
यसैगरी, बागलुङका ६१ र ६६ वर्षीय पुरुष, तनहुँका ६६ वर्षीय पुरुष र नवलपरासीका ८० वर्षीय पुरुषको ज्यान गएको छ ।
यसअघि, आजै पोखरा ५ की ५९ वर्षीया महिलाको निधन पुष्टि भएको थियो । यससँगै आज प्रदेशमा ९ जनाको मृत्यु भएको छ ।
हालसम्म गण्डकी प्रदेशमा मृत्यु हुनेको कूल संख्या ८८ पुगेको छ ।










