६ कार्तिक
जिल्ला समन्वय समिति पर्वतका जनप्रतिनिधिद्धारा कोरोना कोषमा रु २ लाख ३५ हजार रुपैया सहयोग गरेका छन् ।
कोरोना भाईरस (कोभिड-१९)को महामारीले विश्व आक्रान्त बनेका वेला नेपाल पनि यसको चौतर्फि चपेटामा परेको छ । यस्तो अवस्थामा समन्वय समितिका जनप्रतिनिधिहरुले राज्यवाट पाउने चाडपर्व सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको जिल्ला समन्व्य समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका सदस्यहरुले चाडपर्व खर्चको रुपमा पाउने २ लाख ३५ हजार रकम कोरोना कोषमा जम्मा गरिएको एक विज्ञप्ती प्रकाशित गरी जानकारी गराईएको छ ।









