२८ असोज
पर्वत । पर्वत प्रहरी द्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदै गरेको विजय दशमी,दिपावली र छट पर्वका लागी विषेश सुरक्षा योजना सार्वाजनिक गरेको हो । हिजो एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय पर्वतमा पत्रकार भेटघाट गरि उक्त कार्यक्रम सार्वाजनिक गरेको हो ।
कार्यक्रममा वोल्दै कुश्मा नगरका प्रमुख रामचन्द्र जोशीले चाडपर्वमा मानिसहरुको आवतजावत धेरै हुनेहुनाले विषेश सुरक्षा दिनूपर्ने वताउनू भयो । हाल विश्वव्यापि देखिएको कोरोना महामारीमा कसरी सुरक्षित हुने भन्ने कुरा अझै प्रमुख चुनौति रहेको वताउनू भयो । कुश्मा नगर लगायत पर्वत जिल्लालाई नै शान्ति सुरक्षा दिनु राज्यको कर्तव्य भएकाले प्रहरी प्रशासन यस्मा सफल ह्ुने धारणा राख्नू भयो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक विश्व राज अधिकारीलेले अतिसंवेदनशिल क्षेत्रमा मोवाईलटोलिले गस्ती वढाएको वताउनू भयो । ३ वटा गाडी सर्चकालागी परिचालन गरिएको र तुरुनै रेस्कुका लागी मोटरसाईकल समेत परिचालन गरिने वताउनू भयो । यात्रूहरुलाई समस्या नहोस भनेर शिवालय चोक र डिमुवामा यात्रु सहायता केन्द्र स्थापना गरिएको वताउनू भयो । यस विचमा फरार अपराधी २९ जनालाई नियन्त्रणमा लिई २६ लाख ८० हजार जरिवाना असुल गर्नका लागी पहल गरेको जानकारी दिनूभयो ।
वित्तिय क्षेत्र,सुनचांदी व्यवसायीका प्रतिनिधिहरु संग अन्तरकृया गरेर सुरक्षाका योजना वनाईएको जानकारी दिदै पर्वत वासीले शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।









