१९ असोज
रुपन्देही । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई वनाउने प्रस्तावको बिरोधमा असन्तुष्ट सांसदहरुले प्रदेश ५ को सभामादमा तोडफोड गरेका छन्। प्रदेश नं.५ सरकारद्धारा प्रदेशसभामा पेश गरेको प्रस्तावको बिरोधमा अवरुद्ध भएको वैठक पुन संचालन हुँदा दोस्रोपटक तोडफोड समेत भएको हो। दोस्रो पटक वसेको वैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु तोडफोडमा उत्रिएका थिए।
स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल शुरु भएसँगै विपक्षी दलका सांसदहरुले प्रदेशसभामा होहल्ला गर्दै तोडफोड गरेका थिए। दोस्रो वैठकमा रुपन्देहीलाई नै स्थायी राजधानी वनाउनु पर्ने माग राख्दै विपक्षी दलका सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल माथि कुर्सी फालेका थिए ।
यसअघि दिउँसो १ वजेको वसेको पहिलो वैठकमा नेपाली कांग्रेसको विरोधका कारण बैठक रोकिएको थियो । दोस्रो पटक शुरु भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले छलफल गर्ने प्रस्ताव पेश गरे सँगै विपक्षीहरुले रोष्ठम घेराउ गर्दै नाराबाजी गरेका थिए ।









