१९ असोज
तनहुँ । तनहुँको व्यास-३ स्थित दमौली अस्पतालका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका एक जना डाक्टर र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
व्यास-३ का ४६ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुवैको नतिजा पोजेटिभ आएको हो । डाक्टर पौडेल केही दिन अघि मात्र काठमाडौं गएर फर्किएका थिए ।
डा.पौडेल रिपोर्ट आउनु अघिसम्म पनि उनी बिरामीको स्वास्थ्य परीक्षणमै सहभागी रहेको पाइएको छ । अब अन्य अस्पतालको अन्य कर्मचारीको पनि पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ का १८ वर्षीय पुरुष र शुक्लागण्डकी-६ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।









