१८ असोज
नवलपरासी । दसैँ नजिकिँदै गर्दा विभिन्न ठाउँमा लुटपाटका घटनाहरु भइरहेका छन् । आइतबार बिहानै कावासोती जंगलमा एक लुटेरा समूहले एक महिलाको दुवै कान काटेर गहना लुटपाट गरेका छन् ।
कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी स्थानीय तुलसी पौडेलको लुटेरा समूहले कान काटेर गहना लुटेका थिए ।
तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी रिंग लुटेका हुन् । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् । प्रहरीले लुटेराको खाजी भइरहेको जनाएको छ ।









