१८ असोज
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा हुँदै स्कर्टिङसहित गरेर बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजीक ढुंगा प्रहार भएको हो ।
मुख्यमन्त्रीका अगाडि र पछाडि स्कर्टीङका ३ वटा गाडी थिए । ती गाडीमा समेत क्षति पुगेको रुपन्देही प्रहरीले पुष्टि गरेको छ । गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ ।
ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल लगायत ४ जनालाई पक्राउ गरेको छ । गाडी तोडफोड गदै मन्त्रीमाथी नै आक्रमणको प्रयास भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो । अस्थायी रुपमा बुटवलमा राखिएको प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेससहित यसका भातृसंगठन सडकमा टायर जलाउने, सर्वसाधरणका सवारीसाधनमा क्षति पु-याउने तथा आगजनीमा उत्रिएका हुन ।









