१५ असोज

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार नेपालका विभिन्न जिल्लामा एक हजार ९११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७९ हजार ७२८ पुगेको छ ।

यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ९६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर विधिबाट कोरोना संक्रमणको जाँच गरिएको छ । नेपालमा २१ हजार ८३० सक्रिय संक्रमित रहेका छन् भने ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेका छन् ।