११ असोज
पर्वत । नेपाल तरुण दल जलजला गाउँपालिका पर्वतले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।
कोरोना भाईरसका कारण रगतको अभाव हुन थालेपछी रगतको अभाव हुन नदिन आइतबार महोन चोकमा भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले युवाहरुले बिरामीलाई रगतको अभाव हुन नदिन गरेको रक्तदान कार्यक्रम उदारणीय रहेको बताउनुभयो ।
सामाजिका कार्य गर्न तरुण दल सदैब अगाडी रहेको उहाँको भनाई थियो । कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले समाजमा हुने हरेका परिवर्तनमा युवाहरुको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्वतको समन्वय र रक्त सञ्चार केन्द्र बागलङको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा तरुण दल जलजलाका अध्यक्ष प्रकास फगामी पुनको अध्यक्षता उपाध्यक्ष मनोहरी आचार्यको स्वागत र सचिव पुर्णबहादुर बरुवालले गर्नुभएको थियो ।









