७ असोज
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नेपालका विभिन्न जिल्लामा एक हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६७ हजार ८०४ पुगेको छ ।
यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म ९ लाख ४४ हजार ४७७ जनाको पीसीआर विधिबाट कोरोना संक्रमणको जाँच गरिएको छ । नेपालमा १७ हजार ४१४ सक्रिय संक्रमित रहेका छन् भने ७ हजार १०४ जना क्वारेन्टाइनमा रहेका छन् ।









