६ असोज
पर्वत । पर्वतको कुश्मा वजारमा सडकको कालोपत्रे गर्ने कार्य दुर्त गतिमा चलिरहेको छ । कुश्मा नगरपालिका वडा नं ५ अस्पतालचोक हुदै एशियाकै अग्लो वन्जिजम,खेल्साडिल डम्डारे सम्म कालोपत्रे गर्ने कार्य शुरु भएको छ । अस्पताल चोक देखी १७ सय मिटर लम्वाई र साढे ५ मिटर चौडाई भएको सडक कालोपत्रे शुरु भएको हो । यो सडकको डिल साईडमा पैदलयात्रुका लागी हिड्ने ३ मिटरको सडक सहति दुवै तर्फ नालि निर्माण गरिएको छ । डिल साईडमा यात्रु सुरक्षाको लागी जालि समेत लगाईएको छ ।
यस सडकले पर्यटकिय स्थल एशियाकै अग्लो वन्जिजम,कुश्मा वलेवा यात्रिक पुल,गुप्तेश्रर गुफा र विश्वमै अग्लो शिव पार्वतीको मुर्ति निर्माण स्थल लगायतका स्थानमा पुग्नका लागी सहज वनाएको छ ।


कुश्मा नगर प्रमूख रामचन्द्र जोशीले हिजो उक्त पिच निर्माण स्थलको अगुमन गर्नु भएको छ । गण्डकी प्रदेश पुर्वाधार विकास कार्यालय मार्फत ६० प्रतिशत र कुश्मा नगरपालिकाको ४० प्रतिशत रकम साझेदारीमा उक्त सडक निर्माणको कार्य संझौता भएको नगर प्रमुख जोशीले वताउनू भयो । सडकको कालिगण्डकी साईड तर्फ विचविचमा राष्ट्रिय विभुतिका मुर्ति राख्ने,साइडमा विभिन्न जातका फुलहरुरोपण गरिने पनि नगर प्रमुख जोशीले वताउनु भयो । उत्कृष्ट पर्यटकिय क्षेत्र पूग्ने सडक भएकाले पनि यस सडकलाई सफा र सुन्दर सडकको रुपमा राख्नका लागी सवैले ध्यान दिनुपर्ने वताउनू भयो ।
कुश्मा नगर प्रमुख रामचन्द्र जोशी र गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्री रामशरण वस्नेतको विषेश पहलमा यस सडकमा वजेट विनियोजन गर्न सफल भई कार्य शुरुआत भएको थियो ।

गत वषको असारमा योजना संझौता भए पनि कोरोनाको कारण समयमा काम सम्पन्न हुन सेकेको थिएन । छ महिना कार्यअवधि थप भए पछि अहिले दुर्त गतिमा काम भएको एसियाटिक प्रदिव जुम्ली जेभिका स्थानिय साझेदार अर्जुन सुवेदिले वताउनू भयो । थप भएको समयै भित्रै स्टिमेट वमोजिमको कार्य सम्पन्न गर्ने एसियाटिक प्रदिव जुम्ली जेभिका अर्का स्थानिय साझेदार विवेक जोशी भास्करले वताउनू भयो ।
उक्त सडकको निर्माण्का लागी एसियाटिक प्रदिव जुम्ली जेभिले भ्याट सहित ४ करोड ३८ लाखमा संझौता गरेको छ ।