३ असोज
पूर्व पश्चिम राजमार्गमा पर्ने हेटौंडा उपमहानगरपालिका—१९ नेवारपानी नजिक सवारी दुर्घटनामा एक युवकको शनिबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न घर हिँडेका चितवन भरतपुर—७ का २९ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको हो ।
शुक्रबार कोरोना पुष्टि भएका उनी बकैया गाउँपालिकाका इन्जिनियर हुन् । चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनि बस र हेटौंडाबाट चितवनतर्फ आउँदै ना ४९प २४०० नम्बरको अधिकारीले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि हेटौंडा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
गाउँपालिकाले साधानको व्यवस्था गरिदने भनेपनि उनी मोटरसाइकलमा जाँदा कसैलाई नछुने र घरमा सुरक्षित ढंगले बस्ने भनेर गएको अध्यक्ष दामोदर खनालले जानकारी दिए ।









