२३ भदौं

काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको कृषि योग्य जग्गाको कित्ताकाट खुला गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको हो। भदौ १८ गते मन्त्रिस्तरिय निर्णय गर्दै कित्ता खुलाउने भएको हो।

भू- उपयोग नियमावली जारी भई भू उपयोग नक्सा/डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सो का आधारमा हुने गरी हाल भू -उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गा कित्ताकाट सम्बन्धी व्यवस्था खुला गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशनसमेत दिएको छ।

मन्त्रालयले कृषि योग्य जग्गाको खण्डिकरण सम्बन्धि यस अघिका सबै निर्णय बदरसमेत गरेको  मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए। उनले भने, ‘यसअघिका सबै परिपत्र खारेज भएका छन्, अब भू -उपयोग ऐन  लगायत अन्य प्रचलित कानुन हुने छ।’

तर भूउपयोग ऐनमा जग्गाको कित्ताकाट सम्बन्धी कुनै व्यवस्था नै छैन्। नियमावली पनि बनिसकेको छैन्। भू-उपयोग ऐनले जग्गाको ९ किसिमको वर्गीकरण गरेको छ।