२० भदौं

बुटवल । बुटवलमा कोरोनाबाट थप  २ जनाको मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर –२ की ३७ वर्षीया महिला र रुपन्देहीको बुटवल–११ का ४० वर्षीय पुरुष रहेका छन् ।

नवलपरासीकी महिलाको शनिबार बिहान र पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुष गएको १५ गते र महिला १७ गतेदेखि अस्पतालमा भर्ना भएर उपचाररत थिए । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । योसँगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।