१५ भदौं
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक वाहेकका सेवा बन्द गरेको छ । कोरोना संक्रमण समूदायमा फैलिन थालेपछि नगरपालिकाले सोमवार देखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको हो ।
आईतवार नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, दमकल लगायतका अत्यावश्यक सेवा भने सूचारु रहने जनाईएको छ । योजना सम्झौता, फरफारक , भुक्तानी, व्यवसाय दर्ता, नवीकरण, राजस्व संकलन लगायतका सेवा बन्द गरिएको निमित्त प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो । कार्यालयमा हुने भीडभाडले कोरोना संक्रमण बढ्ने ठहर गर्दै कार्यालयले प्रदान गर्ने नियमित सेवा बन्द गरिएको तिवारीले बताउनुभयो । पर्वतमा अहिलेसम्म समूदाय स्तरमा कोरोना संक्रमण फैलिसकेको भने छैन ।
पूर्व सावधानी अपनाउँदा भविष्यमा हुन सक्ने जोखिम टार्न सकिने आंकलन सहित नगरपालिकामा आवातजावत सिमित गर्न नगरपालिकाको सेवा बन्द गर्न थालिएको तिवारीले बताउनुभएको छ । कार्यालयका सेवा मात्रै बन्द हुने तर बजार, पसल, यातायात भने सुचारु हुनेछन् ।









