१४ भदौं
पर्वत । नेपाल मानव अधिकार संगठन पर्वतको अध्यक्षमा माधव पौडेल निर्वाचित हुनुभएको छ । कुश्मा बजारमा शनिवार सम्पन्न भएको संगठनको १६ औँ साधारण सभा एवम् ५ औँ अधिवेशनवाट पौडेल आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । पौडेल यसअघि संगठनको सचिव हुनुहुन्थ्यो । विभिन्न सामजिक संघसंस्थामा आवद्ध पौडेल क्षमता र योग्यताका आधारमा निर्वाचित भएको निर्वाचन प्रतिनिधीका संयोजकको कुलप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
संस्थाले पहिलो बैठक मार्फत अन्य समिति विस्तार गर्नेछ । नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य एवम् तत्कालिन जिल्ला अध्यक्ष हरिनारायण रेग्मीकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठन पर्वत संस्थापक सचिव तेजेन्द्रवहादुर सुवेदी, निवर्तमान कार्य समिति सदस्य मुना शर्मा लामिछाने, सल्लाहकार एवम् संस्थापक उपाध्याक्ष बसन्तवहादुर सिके लगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल मानव अधिकार संगठन पर्वतका संस्थापक अध्यक्ष स्वर्गिय रामकुमार जोशीकी धर्मपत्नी सन्तुकुमारी जोशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको कार्यपत्र प्रस्तुत माधव पौडेलले गर्नुभएको थियो भने, आर्थिक प्रतिवेदन संस्थाका कोषाध्याक्ष जगत सापकोटाले गर्नुभएको थियो । हरिनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्याक्ष केदार आचार्य र कार्यक्रमको संचालन माधव पौडेलले गर्नुभएको थियो ।









