७ भदौं

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।