६ भाद्र
अजय लामिछाने ,पर्वत । कुश्मा नगरपालिका ९ कटुवाचौपारिमा हालै गठन भएको ग्यादी चौर युवा क्लबले वृक्षारोपण गरेको छ । क्लव दर्ता भए संगै समाजमा उदाहरणिय काम गर्न थालेको छ । दर्ता भएको ४र५ दिन मा नै क्लबले वाडा न ९ मा रहेको शिव मन्दिरको सेरोफेरो र नजिकैको विद्यालयमा फुलहरुका विभिन्न बोटबिरुवा रोपेको छ ।

क्लबले स्थानिय रुपमा गर्न सक्ने ससाना कामहरु सुरुवात गरेको छ । तेस्तै दोबिला फलेवास सडक खण्ड अन्तर्गत साइकलचोक नजिकै पराजुली चोकमा पर्ने सडकको बिच भागमा आवतजावत गर्न कठिनाई भएकाले सेलेप निर्माण गरि राखेको छ । सेलेप नहुदा दुर्घटनाको जोखिम भएकाले क्लबले उक्त कार्य गरेको छ । वडामा महिनौ सम्म उक्त कार्य गर्नका लागी ध्यानआकर्षण गराउदा पनि नगरे पछि क्वलले सकृयता लिएको हो ।

उक्त सेलेपले संभावित दुर्घटना वाट जोगाएको क्लबका अध्यक्ष दिपेन्द्र पराजुलीले वताउनू भयो । क्वलले वडा नं. ९ ज्ञादीमा समाज परिवर्तनका लागी सकरात्मक कार्य गर्दै युवाहरुलाई संगठित गर्ने जनाएको छ ।