२९ साउन
पोखरा । समाज सँगै देश बिकासको मेरुदण्ड रहेको युवा बर्ग बिदेश पलायन हुने गरेका छन्। कतिपय युवाहरु देश भित्र सम्भावना नदेखेर बिदेश जान्छन त कतिपय रहर र बाध्यताले, तर सबै युवाहरुको सोच उस्तै प्रकृतिको हुदैन । जसको उदाहरण हुनुहुन्छ पर्बत जिल्लाका युवा सरोज खनाल ।
समाजमा केहि न केहि गर्न को निम्ति सबैभन्दा पहिला आफु आर्थिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने मनसाय सहित खनालले यतिबेला पोखराको बिरौटामा पर्वत जुस एण्ड खाजा घर संचालन गरि आफ्नो ब्यबसाय सुरु गर्नु भएको छ । पर्वत जिल्ला फलेवास नगरपालिका सिम्खेतमा जन्मिनु भएका खनाल गण्डकी प्रदेशको राजधानी पोखरामा आफ्नो ब्यबसायलाई स्थापित गराउन र आफ्नो सामाजिक, राजनितिक भबिष्यलाई माथि उठाउन तल्लिन देखिनु हुन्छ ।
समाजमा सरसफाइ अभियान ,शैक्षिक क्षेत्रमा सामाग्री बितरण मेला कार्यक्रम गर्दै आएका खनाल अहिले ब्यवसायमा ब्यस्त हुनुहुन्छ ।
देश र समाज परिबर्तनको बिकल्पको रुपमा रहेको युवा बर्गलाई देशमा नै केहि गर्ने सोच र प्रेरणा दिनको निम्ति सामाज राजनिति सँगै ब्यबसाय संचालन गरि आर्थिक उपार्जन गर्नु उत्तिकै महत्व रहेको हुन्छ ।

आफुले नयाँ ब्यबसाय सुरु गरेको खनाल बताउनु हुन्छ। खनालले करिब ८ लाख रुपैयाको लगानीमा सुरु गर्नु ब
व्यबसाय येतिबेला कोरोना र लकडाउनको चपेटामा परेकाले अल्लि समस्या भएको उहाँको भनाई छ ।
बिदेश पस्ने बिभिन्न खालका प्रयास र घर परिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउने थुप्रै योजनाहरु रहेता पनि आखिर देशमा नै केहि गर्नु पर्छ भन्ने आट र दृढ ईच्छाका साथ आफुमा नयाँ ब्यबसाय सुरु गर्नु पर्छ र समाजमा सकेको योगदान पुर्याने सोचले नै नयाँ कामको थालनी भएको खनालको भनाई छ।
ग्राहकहरुको सेवा र आबश्यकता अनुसारका खाजा नास्ता , जुसका परिकारहरु साथै बिभिन्न प्रकारका फलफुल र तरकारीहरु आफ्नो ब्यबसायमा उपलब्ध हुने खनालको भनाई छ।
सस्तो र गुणस्तरिय बस्तु तथ सेवा सहजै उपलब्ध हुने उहाँको दावी छ।









