२६ साउन
पर्वत । नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति पर्बतले आज एक कार्यक्रमका बिच पर्बतको एतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्रर गुफामा सरसफाइ गर्नुका साथै सरसफाइ सामग्री हस्तान्तरण गरेको छ । सरसफाईका सामग्री डस्बिन,कुचो बितरण गरेको छ । उक्त संघले प्रतिकुल मौषम र कोरोनाको वावजुद सामाजिक दुरि कायम गरि सस्थाले कार्यक्रम समपन्न गरेको छ ।गुप्तेश्रर परिषरमा सरसफाई समेत गरेको छ ।
यो सस्थाले नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम सम्पन्न गरेको संघका अध्यक्ष नोदराज रेग्मीले जानकारी दिनूभयो । पर्बत जिल्लामा पनि गठन भइ सामाजिक कार्यक्रम गरि अगाडी वढिरहेको उहांको भनाई थियो । गुप्तेश्रर गुफाको सरसफाइ पश्चात पर्बतका विभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुमा सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष रेग्मिले बताउनु भएको छ।


यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा स्थापना भएको वताईएको छ । सस्थामा कुनै किसिमको राजनीतिक नहुने सस्थाका सचीव जगदिश शर्माले जनकारी दिनुभएको थियो ।सरसफाइ कार्यक्रममा सस्थाका सचिव जगदीश शर्मा ,सह(सचिव,आदित्य आचार्य ,सदस्यहरु सुमन सुबेदि,एलिना थापा र जिल्ला प्रबक्ता दामोदर रेग्मी को उपस्थित रहेको थियो।