२५ साउन
बाँके। बाँकेमा कोरोना भाइरस संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका- २ की एक महिलाको आइतबार बिहान ११ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
केहि दिनदेखि निमोनियाका कारण अस्पतालमा उपचार भइरहेकी ती महिलाको कोरोना परिक्षणको पोजेटिभ रिपोर्ट भने आइतबार दिउँसो ३ बजे आएको थियो । सुरूदेखि नै ती महिलामा कोरोना भाइरसको स्पष्ट लक्षण देखिएको हुँदा अस्पतालमा समेत आइसोलेट गरी राखिएको प्रअिज कुरुम्वाङले बताए ।









