२४ साउन

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेसँगै कुल मृतकको संख्या ७३ पुगेको हो ।

आज पुष्टि भएका मृतकमा दुई पुरुष र एक महिला छन् । योसँगै कुल मृतकमध्ये ५८ पुरुष, १४ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।