२१ साउन

काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ र पर्साका दुई-दुई जना र सर्लाहीका एक जना छन्।

मोरङका दुई जनाको भने कोसी अस्पतालमा मृत्यु भएको हो। उनीहरूको मृत्युपछि कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए।

उनले मृतक दुबै जना ४५ वर्षका रहेको जनाए। मृतक एक जना रंगेली र अर्का विराटनगर महानगरपालिका-९ निवासी हुन्।

बुधबार दिउँसो ४ बजे आएको रिपोर्टमा दुबै जनामा कोरोना पोजेटिभ देखिएको हो। अहिले मृतकहरूको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

मोरङ रंगेलीका ती पुरूषलाई भने आज बिहानै अस्पताल ल्याउँदा नै बाटोमै मृत्यु भएको थियो। परिवारले श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनको कोरोना परीक्षण गरिएको हो।