१९ साउन
काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको विवादको समाधान खोजी गर्न दुई अध्यक्षको आज पनि छलफल हुने भएको छ । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच १३ साउनयता हुन नसकेको सम्वाद तोडेर आइतबार वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ लाई साक्षी राखेर संवादहिनता तोडने काम भएको थियो । त्यही छलफललाई आज पनि निरन्तरता दिन लागिएको हो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आज हुने छलफलले कुनै न कुनै निष्कर्ष निकाल्नेमा आफु आशावादी भएको बताए ।
तर आइतबारको छलफल मा पनि विवाद उस्ताको उस्तै र अडान दुबै तर्फका आ आफ्नै भएका कारण सहज निकास निस्किहाल्नेमा विस्तस्त हुन सक्ने वतावरण भने छैन । ओलीले आफनो अहंम त्याग गरेका छैनन । पार्टीका नेताहरुले एउटा पदवाट राजीनामा दिएर निकास निकाल्न गरेको आग्रहलाई उनले टेरेका छैनन । जसकाकारण पनि नेकपाभित्रको विवादमा कुनै् निकास आउन नसकेको हो । आजको संवाद मा पनि ओलीले नेम्वाङ र प्रचण्डले खनाललाई नै साथमा लिएर छलफल गर्ने बताएका छन् ।









