१९ साउन

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण गएको पहिरोले पुरिँदा मेलम्चीमा निर्माण कार्यमा आएका आठ मजदुर बेपत्ता भएका छन्। गएराति अविरल वर्षासँगै सडक माथिबाट आएको पहिरोले पुरिएर दुई भारतीयसहित ८ मजदुर बेपत्ता भएका हुन्।

मेलम्ची नगरपालिका-११, मेलम्ची बजारमा सडकमाथिबाट आएको पहिरोले उनीहरू बसेको घर पुरिएको छ।

मेलम्चीमा कभर्ड हल निर्माण कार्यमा संलग्न मजदुरहरू बेपत्ता भएका बज्र निर्माण सेवाका सुवास श्रेष्ठले जानकारी दिए। पुरिएकामध्ये एक जनाको जिवितै उद्वार गरिएको स्थानीयले बताएका छन्। पहिरोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन्।