१२ साउन
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । जसमध्ये १३ हजार ७५४ निको भएर घर फर्किएका छन् ।