काठमाडौं । काठमाडौंको सीतापाइलामा एक युवती माथि तेजाव प्रहार भएको छ । विहिवार साँझ २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको प्रहरीले जनाएको छ ।ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन्।
घाइते अवस्थाकी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । तेजाव महिलाको अनुहारमा परेको बताइएको छ । तेजाब प्रहार गर्ने व्यक्ति को हुन् भन्ने खुलेको छैन । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले तेजाब प्रहार गर्ने व्यक्तिको खोजी थालेको छ। घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।









