६ साउन

पर्वत ।  अबिरल बर्षाका कारण सडकमा ठुलो ढुंगा खसेपछि मध्यपहाडी लोकमार्गको पर्वत -बागलुङ खण्ड अबरुद्ध भएको छ । लोकमार्गमा पर्ने पर्वतको कुस्मा नगरपालिका २ खुर्कोटमा सडकमा ठुलो ढुंगा खसेपछि सोमबार राती ११ बजे देखि सडक अबरुद्ध भएको हो ।

सडकमा खसेको ढुंगालाई स्काभेटरको सहायताले हटाउन नसकिएको र ब्रेकरको सहायताले फुटाल्नुपर्ने अबस्था रहेकाले केही समय लाग्ने देखिएको छ । ढुंगा फोडेर सडक सुचारु गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिए ।

पर्वतका अन्य ठाउँमा पनि स-साना पहिरोका गएको र कालिगण्डकी नदिको वहाव बढेकाले तटिय क्षेत्रका बासिन्दामा त्रास बढेपनि अहिलेसम्म खास क्षति नभएको अधिकारीले जानकारी दिए ।