५ साउन

पर्वत । उपल्लो क्षेत्रमा परेको भारी बर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब उच्च हुँदा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र गलेश्वरमा पर्वत तर्फ रहेको राम मन्दिर जोखिममा परेको छ भने बाढीले सत्तल बगाएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं २ मा पर्ने रामन्दिरको सत्तल, तटबन्ध लगायतका संरचना बगाएको छ भने मन्दिर समेत जोखिममा छ ।
जलजला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोबिन्द केसीका अनुसार तटबन्ध, गोठ, सत्तल, चौतारी बगाएको छ। मन्दिर पनि उच्च जोखिममा छ केही क्षेत्र बगाई सकेको छ । बाढीका कारण मन्दिर र आसपासमा बस्ने १५ जना साधुसन्त तथा थानियबासीहरु जोखिममा छन । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । म्याग्दीबाट आएको शसस्त्र प्रहरीको टोली र स्थानियबासीले सृुरक्षित स्थानमा लगेको उहाँको भनाई छ ।