२ साउन

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । जसमध्ये ११ हजार ५३४ जना निको भएर घर फर्किसकेका छन् ।