असार २७
अजय लामिछाने पर्वत । कुस्मा नगरपालिका ९ कटुवाचौपारकिो साइकलचोक देखि बगुवा सिसाठाटि हुदै फेदी जोड्ने ग्रामिण सडक पहिरोले अवरुद्ध गरेको छ । फलेवास नगरपालिकाको बाहिरि चक्रपथ हालै नयाँ खनिएको बाटो अबिरल बर्षाका कारण माथीबाट आएको भिषण पहिरोले अवरुद्ध भएको हो । उक्त सडक अवरुद्धहूनाले थापाठाना कार्किनेटा शंकरपोखरी लगाएतका ठाउंहरुमा मानिसहरुलाई आवतजावत गर्न असजिलो भएको छ । उक्त स्थानका मानिसहरु आफ्नो दैनिक उपभोग्य सामानहरु ढुवानी गर्न असहज भएको छ ।
दैनिक जसो कुश्मा सदरमुकाम आउने मानिसहरु समेत पैदल यात्रा गर्न पनि कठिनाई भएको छ । अविरल वर्षाका कारण ग्रामिण सडक मात्रै हैन रोपाई गरेको खेत समेत धेरै नै बगाएको छ । समयमा नै संरक्षण गर्न संवन्धित वडा कार्यालय र फलेवास नगरपालिकालाई ध्यानआकर्षण गराएको स्थानियले वताएका छन् ।