सांकेतिक तस्विर

२६ असार

म्याग्दी। म्याग्दीमा गएरातीको पहिरोले दुई घर बगाउदाँ ७ जना वेपत्ता भएका छन । धवलागिरी गाउँपालिका–६ मराङको रिखामा गएको पहिरोमा परेर ७ जना बेपत्ता भएको ईलाका प्रहरी कार्यलय दरबाङका प्रमुख बलराम पौडेलले जानकारी दिएका छन । अहिले उद्दारका लागी दरबाङबाट प्रहरी टोली घटनास्थलतर्फ हिँडेपनि अझै त्यहाँ पुग्न सकेको छैन ।

यस्तै पहिरोका कारण अन्य ४ परिवार विस्थापित भएका छन् । ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ जसका कारण उद्दारमा कठिनाई भएको पौडेलले जानकारी दिए ।

स्थानीय भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको हो । प्रहरीले दिएकमा जानकारी अनुसार भीमप्रसादको घरका चार जना र धनबहादुरको घरका  तीन जना अहिले बेपत्ता छन ।

यस्तै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको म्याग्दीका जिल्ला प्रशासन अधिकारी ज्ञाननाथ ढकालले पुष्टि गरेका छन ।

उता घुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज समेत बगाएपछि म्याग्दी मुस्ताङ आवतजावतको सम्र्पक विच्छेद भएको ढकालले बताए ।