२४ असार
पर्वत । पर्वत जिल्लामा थप ३ जनाले कोरोना संक्रमीत निको भएका छन् । पर्वत कोरोना अस्पतालमा भर्ना भएका उनीहरुमा पिसिआर चेक गर्दा कोरोना रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा भर्ना भएका उनीहरुको रिर्पोट नेगेटिभ आएको हो ।
हिजो मात्रै पर्वतमा २० जनाले कोरोना जितेका थिए ।
रिर्पोट नेगेटिभ आएका उनीहरुलाई आजै डिस्चार्ज गरिने तयारी भएको छ । जिल्लाका कुल ९० जना संक्रमीत मध्ये यो संगै कुल ५० जना निको भइसकेका छन । कोरोना संक्रमीत वांकी ३९ जना कोरोना अस्पतालमा उपचाररत रहेका छन् ।









