२२ असार

काठमाण्डौ उपत्यकामा सोमबार थप ५४जना कोरोना संक्रमित थपिएका छन ।  स्वास्थ्य मन्त्रलायले यसको पुष्टि गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २४ जना,  भक्तपुरमा १० जना  र ललितपुरमा २० जनामा  संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

यस्तै आज देशभर आज १ सय ८०  जना संक्रमित थपिएका छन । अब नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या  १५ हजार ९ सय ६४  पुगेको छ ।  डा. गौतमका अनुसार हालसम्म उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८ सय ११ जना डिस्चार्ज भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर २ लाख ५५ हजार ७२८ जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा २९ हजार २ सय १५ जना क्वारेन्टाइनमा छन् भने ९ हजार ११८  जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् ।

लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक काठमाडौँका बिभिन्न नाकाबाट उपत्यकामा प्रवेश गर्नेको संख्या समेत बृद्धि भएको छ ।